दफा १९
कार्यकारी प्रमुखको नियुक्ति र सेवाका शर्त
(१) सञ्चालक समितिले यो ऐन, संस्थाको प्रबन्धपत्र र नियमावलीको अधीनमा रही संस्थामा एक कार्यकारी प्रमुखको नियुक्ति गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको कार्यकारी प्रमुखको शैक्षिक योग्यता र अनुभव यस ऐन अन्तर्गत बनेको विनियममा तोकिए बमोजिम हुनेछ।
(३) सञ्चालक समितिले उपदफा (२) बमोजिम योग्यता पुगेको व्यक्तिलार्इ संस्थाको कार्यकारी प्रमुखमा नियुक्त गरी सात दिनभित्र सोको जानकारी बैङ्कलाई दिनु पर्नेछ।
(४) कार्यकारी प्रमुखको पदावधि सामान्यतयाः चार वर्षको हुनेछ र निज पुन नियुक्त हुन सक्नेछ।
(५) कार्यकारी प्रमुखको पारिश्रमिक, सेवाका शर्त तथा अन्य सुविधा कम्पनीको सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुनेछ।
(६) कार्यकारी प्रमुखको पारिश्रमिक, सेवाका शर्त तथा अन्य सुविधाको निर्धारण निजलार्इ नियुक्त गर्दाका बखत गर्नु पर्नेछ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्क तथा वित्तीय संस्थाको कार्यकारी प्रमुख सम्बन्धी व्यवस्था सो सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ।